साधा जिवन उच्च बिचार निरन्तर आफु भन्दा पनि सामाजिक चिन्तन।उनलाई लाउने मतलब छैन खाने मतलब छैन उनि हुन् एक कर्मयोगी डा महाबिर पुन। अमेरिका गए पढे युरोप घुमे देश दुनियाँ घुमे निरन्तर देश गरिब किन छ भनेर अनुसन्धान गरिरहे।हरेक ठाउँ बुझाइरहेका छन् ।निरन्तर कुदिरहेका छन् अनुसन्धान बिज्ञानमा निरन्तर निरन्तर पसिना चुहाइरहेका छन् आफ्ना अवयबहरु हरदिन थकान नमानेर दौडिरहेका छन् ।दुनियाँलाई चुनावको प्रवाह होला को कति भोट ल्यायो कसले जित्यो त्यो प्रवाह होला तर यी महान व्यक्तिलाई ती कुराको सरोकार छैन।भोट कसले लियो कसले लिएन त्यो वास्ता छैन ।
न त पुरस्कारको लोभ न त पदको लोभ न त कसैको आशा गर्ने निरन्तर कर्मयोगमा बिश्वास गर्ने कर्मयोगी महाविर पुन प्रति म सदा सदा नमन गर्दछु।उनि यो पृथ्वीको गाउँहरुमा कहिले एक्लै चिच्याए कहिले समुहमा चिच्याए तर कामहरु पुरा गरि छाडे।कहिले तक्मा लिलामी राखेर भएपनि आफ्नो सामाजिक कर्ममा तल्लीन भैरहे।न त निन्द्रा भने न त भोक भनेबरु आफु खस्रो-फुस्रो व्यक्ति भए गाउलाई सुकिलो मुकिलो बनाउन जो कहिल्यै आफु सुकिलो-मुकिलो सरोकार भएन दुनियाले उनलाई चिन्छन्,तर दुनियासँग उनलाई मतलब छैन दुनियाँमा अरु के गर्छ कसो गर्छ त्यो उनलाई चासो छैन ।
त्यसैले त कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा गर्छन्।चम्किला टेलिभिजन सेटहरुमा होस् वा भव्य मञ्चहरुमा होस् वा जहाँसुकै होस् उनको हुलिया बद्लिदैन, उस्तै हुन्छ।उनलाई कुनै नक्कल पार्नु छैन कुनै ढ्वाङ रच्नु छैन जे छ त्यहि बोल्छन् कुनै बनावटी चिल्ला कुरा गर्नु छैन । कसैलाई आश्वासन दिनु छैन निरन्तर आफ्नै यात्रामा छन् यी कर्म योगी महाबीर पुन।
।उनी त एक कर्मयोगी हुन्,जसलाई काम भन्दा ठूलो केही लाग्दैन।काम काम काम पुजा गर्छन् ।कर्ममा पुजा गर्छन्।यी कर्मयोगी सितको भेटले वास्तवमा नयाँ पनको तरङ आएको छ।अस्टृया पहिलेप टक भेट्ने अवसर पाएको थिए र आज पोल्यान्डमा पनि उनिसित भेटेर धेरै ज्ञानहरु बटुल्ने अवसर प्राप्त भो।यी साधा जिवन उच्च बिचारका धनि व्यक्तित्व डा. महावीर पुन प्रति सदा सदा नमन गर्दछु।
मित्र लाल पार्दे पानी अभियानकर्ता पोल्यान्ड
प्रतिक्रिया