सिड्नी पछि एएसएपीले गर्यो पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ ‘

इनेप्लिज २०७९ जेठ ५ गते २२:०४ मा प्रकाशित

नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ।

पोखरामा सम्पन्न फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए।सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशननिस्टामा मोडल दिपक घिमिरे,दिक्पाल कार्की,सन्तोष अधिकारी नृत्याङगना एन्जल श्रेष्ठ,लगायतका मोडलहरु आकर्षक डिजाइन याम्पमा प्रस्तुत भएका थिए।विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचार प्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी हरेक वर्ष फेशन ‘हेरिटेज अफ फेशन ’ नामक फेसन शो गरेर नेपाली सामाजमा आफ्नो छुट्टै छाप छोडेको छ।

यसअघि २०१९ मा अस्ट्रेलियाको सिड्नीमा ‘सिड्नी फेशनिस्टा–२०१९’ आयोजना गरेको एएसएपी इन्टरटेन्मेन्टले अहिले २०२२मा पोखरामा निकै भब्य र सब्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो।

‘नेपाल फेशननिस्टा २०२२’ अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने सम्झना गुरुङ ,रबिन परियार,तृष्णा गुरुङ र दुर्गा बिस्ट डिजाइनर रहेको कार्यक्रममा गायक बादल थापामगर र गायिका ममता गुरुङको प्रस्तुती रहेको थियो ।कार्यक्रम भिजे प्रियारानी लामाले संचालन गरेकी थिइन् ।

 

प्रतिक्रिया