कीभमा रुसी सैनिकको सुनुवाइ शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
युक्रेनमा एक निहत्था व्यक्तिको हत्या गरेको अभियोगमा रुसी सैनिकको मुद्दा रुसी आक्रमण सुरु भएदेखिको पहिलो यस्तो सुनुवाइ हो ।
स्थानिय समय अनुसार शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ।
रुसी सिपाही वादिम शिशिमारिन अदालतमा “बहस” को लागि “तयार” नभएको भन्दै न्यायाधीशहरूले सुनुवाइ स्थगित गरेका हुन।
२१ वर्षीय सैनिकले युद्धको चौथो दिनमा युक्रेनको सुमी क्षेत्रमा एक निहत्था ६२ वर्षीय नागरिकलाई गोली हानेकोमा बुधबार दोषी स्वीकार गरे।
अभियोजन टोलीले यसअघि सैनिकलाई आजीवन कारावासको माग गरेका थिए ।
प्रतिक्रिया