रेडियो नेपालबाट प्रशारण गरिने विभिन्न कार्यक्रमहरुको नियमित श्रोता खड्गबहादुर एकदिन रेडियो नेपालको कार्यालय परिवेशभित्र रेडियो नेपालमा प्रशारणको लागि आफ्नो रचना पुर्याउन जाँदा एउटा कर्मचारीले आफ्नो खल्तीबाट सुर्ती झिकेर मुखमा हालको देख्दा खड्गबहादुर अचम्ममा पर्यो र उसले भन्यो खैनी,सुर्ती र चुरोटको सेवन आफू पनि नगरौं अरुलाई पनि नगराउ भनेर रेडियोबाट भनिरहन्छ तर तपाई जस्तो रेडियो नेपालमै काम गर्नेले हाम्रो अगाडि खानुहुन्छ,किन ? सुर्ती,खैनी र चुरोट हामीले नखाइदिएमा कारखानालाई नोक्सान भईहाल्छ नि त्यस कर्मचारीले भने।त्यसो भए रेडियोबाट प्रशारण गरिने यस विज्ञापनलाई पनि बन्द गरिदिनु पर्यो खड्गबहादुरले भने।विज्ञापन नै रेडियोनेपालको मुख्य आम्दानीको स्रोत हो,विज्ञापन बन्द गरेमा हामीले तलब कसरी खाने नि त्यस कर्मचारीले भन्यो ।
-अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,९३५÷५४,काठमाडौं
मोबाइल नं.९८४१७९७६६४
प्रतिक्रिया