कवि नवराज आफ्नो अफिस जान बसको प्रतिक्षामा सडकमा उभिरहेका थिए । त्यसैबेला उसको पूरानो अफिसमा संगै बसेर काम गरेकी बसन्ती आइपुगिन् । नवराजलाई देखेपछि बसन्तीले सोधीन् – सर, सञ्चै हुनुहुन्छ।नवराजले “सञ्चै छु भन्नुप¥यो” भने। “सरको परिवार पनि आरामै हुनुहुन्छ होला नि” बसन्तीले पुनः भनिन्।“मेरो विवाह नै भएको छैन विवाह गर्न बाँकी नै छ” नवराजको प्रत्युत्तर थियो।“त्यसो भए सरलाई भनेजस्ती केटी मैले खोजीदिउ त” बसन्तीले जिज्ञासा राखिन्।“हुन्छ नि मलाई सुहाउने खालकी केटी खोजीदिए तपाईलाई ठूलो धर्म पनि हुन्छ” कवि नवराजले आशा र भरोसाकासाथ आफ्नो मनोभावना प्रकट गरे । “एकजना हाम्रै अफिसमा काम गर्ने केटी अहिले सत्ताइस वर्ष जति पुगेकी छे त्यो केटीको विवाह भएको छैन म उसंग कुरा गरेर सरको मोबाइलमा फोन गरेर खवर गर्छु नि” भन्दै बसन्तीले नवराज सरको मोबाइल नम्बर टिपीन्।
भोलिपल्ट वसन्तीले कवि नवराजलाई फोनद्धारा केटीसंग पहिला मोवाइलमा कुरा गरेर कुनै ठाउँमा भेट्ने योजना बनाउनु भन्दै केटीको मोबाइल नम्बर दिइन् । उनले केटीलाई कवि नवराजको मोबाइल नम्बर पनि उपलव्ध गराइ सकेकी थिइन।नभन्दै आफ्नोे मोबाइलमा त्यो केटीको मिस्ड कल आएको थाहा पाएपछि कवि पनि कौतुहलताकासाथ कल व्याक गर्न पुग्छन्। फोनमा कुराकानी पश्चात केटीले कतै भेट्ने प्रस्ताव राख्दै साक्षात्कारवाट दुवैजनाको अनुहार चिन्न पाइने कुरा वताउछिन।“त्यसो भए भोलि दिउसो एकवजेतिर खाजा खाने समयमा भद्रकाली मन्दिरमा हामी दुबैजना भेटौ न त” नवराजले पनि उनको प्रस्तावलाइ स्वीकृति प्रदान गर्दछन्।योजना अनशार भोलिपल्ट निश्चित समयमा नवराज भद्रकाली मन्दिरमा पुगे।केटी भने आधा घण्टापछि मात्र आइपुगिन् र उनीहरुको भेटघाट भयो । नवराजलाई राम्रोसंग नियालेपछि केटीले “मसंग दुईजना साथी आएका छन् उनीहरुले मलाई छिटो आउनु हामीले तपाईलाई शहिदगेटमा कुरेर बस्छौ भनेकाछन्” भनी वताउनुका साथै हाम्रो भेट पनि भयो दादा अब बेला बेलामा फोनद्वारा कुरा गरौला नि भन्दै हतार गर्दै हिँडिन् । दुईचारदिनको प्रतिक्षा पश्चात नवराजले आशावादी हुंदै केटीको मोबाइलमा फोन गरेर “मलाई चिन्यौ” भनी सोधे । केटीले “चिन्न अलि गाह्रो प¥यो नि” भनेकिले “हामी अस्ती मात्रै भद्रकाली मन्दिरमा भेट गरेका थियौ नि” भनी सम्झाउने प्रयास गर्यो ।“ए बल्ल चिने मैले दादा हजुरलार्ई तर हजुर मलाई मन परेन माइन्ड नगर्नु होला है” केटीले भनिन्।आफूलाई मन नपराउनुको कारण वुझ्न खोज्दा “हजुरले मोटरसाइकल चलाउने नगर्नु भएको हुदा मलाई हजुर मन नपरेको हो” भनी केटीले स्पष्टिकरण पेश गरिन्।आफ्नो आशावादीतामा तुषारापात हुन लागेकोदेखि कविले पुनः “मोटरसाइकल नचलाउने केटा मन नपर्नुको कारण जान्न खोज्नुको साथै उनले केटीले मोटरसाइकल चलाउन जान्ने नजान्नेको वारेमा पनि प्रतिप्रश्न गरे।केटीकोे ”आफू छिटै मोटरसाइकल चलाउन सिक्दैछु नि” भन्ने ठाडो जवाफ पाउनासाथ नवराजले पनि व्यङ्ग्य हान्दै “तिम्रो घरबाट तिमीलाई विवाह गरेर अन्त पठाएपछि मोटरसाइकल दाइजो दिने भएर मोटरसाइकल चलाउन जान्ने केटा नै चाहिएको हो कि त्यसो भए तिमीलाइ सुखमय जिन्दगी चलाउने केटा होइन मोटरसाइकल चलाउने केटा मात्र चाहिएको रहेछ” भन्दै मोबाइलको स्वीच अफ गरे।
प्रतिक्रिया