रौतहट,रौतहटको मौलापुर नगरपालिकामा रिनाकुमारी साहले इतिहास दोहोर्याइकि की छन् ।लगातार दोस्रोपटक नगर प्रमुखमा बाजी मार्दै साहले इतिहास दोहोर्याइकि हुन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमै एक मात्र महिला मेयरको रुपमा निर्वाचित साह फेरि भारी मतान्तरले विजय हासिल गरेकी हुन्।प्रदेशमा महिला नगर प्रमुखको खाता खोल्दै साहले ५५५६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी राम प्रवेश रायले ३०६२ मत प्राप्त गरेका छन्।२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट विजयी भएकी मेयर रिनाकुमारी साह अहिले नेकपा एमालेबाट निर्वाचित भएकी छन्।यसै गरी नगर उपप्रमुखमा नेकपा एमालेकै नागेन्द्र प्रसाद ४९१४ मत प्राप्त गरी विजयी भएका छन्।
पहिलो कार्यकालमा निकै लोकप्रिय काम गरेर सबैतिर ख्याति कमाएकी साहलाई चारैतिरबाट घेराबन्दीमा पारिएको थियो।नेकपा एमाले स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहकी श्रीमतीलाई मेयरमा पराजित गर्न नेपाली राजनीतिका ठूला हस्थीहरुको प्रयास विफल भएको स्थानीयको भनाइ छ।
निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मौलापुर नगरपालिकामा आएर आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरेका भए पनि नेकपा एसले खासै कुनै चमत्कार देखाउन सकेको छैन।मौलापुर नगरपालिकामा एउटा वडामा नेकपा एस र अर्को एउटा वडामा नेकपा माओवादीले जित हासिल गरेको छ भने सबै वडामा मेयर रिनाकुमारी साहको नेतृत्वमा नेकपा एमालेले जित हासिल गरेको छ।
रौतहटका एक जना वामपन्थी चिन्तक के भन्दछन् भने मौलापुरमा पहिले पनि वामपन्थीले जितेको थियो र अहिले पनि शतप्रतिशत सिटमा वामपन्थीले नै विजय हासिल गरेको छ।नेकपा एमाले,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी बाहेक अन्य कुनै दलको मौलापुरमा कुनै वर्चस्व नदेखिएकोले मौलापुरमा रिनाकुमारी साहको नेतृत्वलाई सबैले स्वीकार गरेको स्पष्ट छ।
पूर्वमन्त्री प्रभु साहले रिनाकुमारी साहको नेतृत्वमा नेकपा एमालेले गठबन्धनविरुद्ध करिब दोब्बर मतले विजय हासिल गरेको बताउँछन्।मौलापुरमा नेकपा एमालेलाई परास्त गर्न सबै शक्ति लागेको तर जनताले रिनाकुमारी साहलाई अझ बढी बलियो बनाएर देखाएको नेता साहको भनाइ छ।
प्रतिक्रिया