विराटनगर महानगरको प्रमुख पदमा नेकांका कोइरालाको अग्रता कायमै

इनेप्लिज २०७९ जेठ २ गते २२:१३ मा प्रकाशित

विराटनगर,२ जेठ।विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गरिएको सूचनामा १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३,नेकपा एमालेका सागर थापाले चार हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गर्नु भएको छ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले चार हजार ६८७ , गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका अमरेन्द्र यादवले तीन हजार ३६३,राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले एक हजार २२४ मत प्राप्त गर्नु भएको छ।

यस्तै विराटनगर–१६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिनु भयो।

विराटनगर वडा नं १८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी हुनु भएको छ।

अहिले महानगरपालिकाको वडा नं १,२,३,४,५,६,१३,१४,१५ वडाको मतगणना भैरहेको छ।महानगरमा १९ वडा रहेका छन्।

प्रतिक्रिया