कुकुरदेखि होशियार

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ १ गते २१:४५ मा प्रकाशित

महेश मसँगै काम गर्ने साथी हो । एकदिन म विशेष कामले उसको घरमा गएँ । महेशको घरको मुलगेटमा ‘कुकुरदेखि होशियार’ भनेर लेखेको देखे ।मूलगेटको कुनामा रहेको घण्टीको स्वीच दबाए।घण्टी बजेको आवाज सुनेर उसको घरमा काम गर्ने केटाले गेट खोलेर “कसलाई खोज्नुभयो नि” भनेर सोध्यो । कुरा हुँदै थिए महेश आयो । मलाई देखेपछि भित्र बोलायो।

बैठक कोठामा बसेर चिया पिउँदै मैले सोधेँ, “खै तपाईको घरमा कुकुर देख्दिन त ! बाहिर ‘कुकुरदेखि होशियार’ भनेर लेखेको छ ।”

“कुकुरदेखि होशियार लेखेर टास्यौ भने नचिनेका मान्छे हाम्रो घरमा छिर्न डराउछन् नि । जो पायो त्यही मान्छे भित्र नछिरुन भनेर त्यसो गरेको ।” महेशले भन्यो ।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग, ९३५÷५४, काठमाडौं
मेबाइल नं. ९८४१७९७६६४

 

प्रतिक्रिया