आइतबार, जेठ ८ २०७९
काठमाडौं ११:१६
वासिङटन डिसी 01:31

बूढी आमैको सराप

लघुकथा

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख ३१ गते २:०९ मा प्रकाशित

 

 

नापीगोश्वाराबाट हरिबहादुर नामको अमिन रमा नाम गरेकी बृद्ध महिलाको जग्गा नाप्न फिल्डमा पुग्यो।जग्गा नापेर सकिएपछि रमासंग हात बटारेर गाह्रो मान्दै हजुर आज म सार्वजनिक विदाको दिनमा हजुरको घरमा जग्गा नाप्न आएको छु।

अलिकति खर्च त चाहियो नि– अमिनले भन्यो।अनि रमाले भनिन् –तपाई सरकारी अफिसमा काम गर्नेलाई सरकारले तलब दिइहाल्छ नि म जागीर नखाएको मान्छेले कताबाट खर्च दिने ? रमाले भनिन्।आज विदाको दिनमा घरको काम छाडेर आएको हुनाले दिनु पर्यो नि अमिनले भन्यो।फेरि रमाले भनिन् –मैले तपाईलाई डाकेको पनि होइन।मेरो जग्गा नाप्न आउनु प¥यो भनेर तपाईलाई अफिसले पठाएर आएकोमा म त दिन सक्दिनँ।दिन मन लागे दिनुस्,नत्र भने तपाईको जग्गा म अफिसमा पुगेपछि घटाइदिन्छु भन्दै अमिनले धम्की दियो।

उसो भए मसँग भएको पाँचसय रुपियाँ जति लिनुस् न त भनेर आफ्नो थैलीबाट रमाले झिकेर दिइन्।खुसी मान्दै अमिन आफ्नो बाटो लाग्यो।त्यसपछि रमाको छोरा टुप्लुक्क आइपुगेपछि सबै कुरा छोरालाई बताइन्।उसले घटाएर घट्ने बढाएर बढ्ने हो र हाम्रो नाममा भएको जग्गा ? तपाईलाई सीधा मान्छे भन्नाठेर ठग्यो आमा– छोराले रिसाउँदै भन्यो।छोराको कुरा सुनेर रमा सराप्दै कराउन थालिन्–मजस्तो बूढी मान्छेलाई ठगेर हिँड्ने त्यसलाई पापै लागोस्।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं फोन नं.४३५३५९४

प्रतिक्रिया