घरको काम
लघुकथा
मदनकुमार आफ्नो स्कुलमा सँगै पढेको साथीको विवाहको निमन्त्रणालाई स्वीकार गरेर जन्ती गयो।जन्ती गएपछि उसको कार्यालयमा सँगै काम गरेको साथी विष्णुप्रसाद दुलही पट्टीबाट निमन्त्रणा पाएर आएको रहेछ।
विष्णुप्रसादलाई उसले देख्ने बित्तिकै नमस्कार गरेर हात मिलायो।विष्णुप्रसादले तपाई केटापट्टीबाट जन्ती आउनु भएको हो भनेर सोध्यो।कवि मदनकुमारले हो भन्यो। तपाई केटी पट्टीबाट आाउनु भएको हो नि भनेर मदनकुमारले उसलाई सोेध्यो। उसले हो नि भन्यो।
मदनकुमारले केटी तपाईको नाता पर्छ कि भनेर फेरि सोध्यो।केटी मेरो दिदीको छोरी मेरो भाञ्जी हो नि विष्णुप्रसादले भन्यो।केटा तपाईको के नाता पर्छ नि भनेर विष्णुप्रसादले सोध्यो।केटा मसँगै स्कुलमा पढेको साथी हो नि मदनकुमारले भन्यो ।केटा तपाईको स्कुल पढ्दाखेरीको साथी रहेछ विवाह गरेर केटाले मेरो भाञ्जीलाई उसको घरमा लगेपछि धेरै काममा नजोताउनु भन्नु होला तपाईले आफ्नो साथीलाई केटीको मामा विष्णुप्रसादले भन्यो।
केटाले खाना तरकारी साह्रै मीठो गरी पकाउछ तपाईको भाञ्जीलाई उसले काममाजोताउदैन उसले पनि खाना पकाउन सघाइदिन्छ नि मदनकुमारले भन्यो। त्यसो भनेपछि केटीको मामा विष्णुप्रसाद साहै्र खुसी भयो।
-अरुणबहादुर खत्री “नदी” सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं फोन नं.४३५३५९४
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया