भोकमरी

– अरुण नदी खत्री २०७९ वैशाख २८ गते १०:१७ मा प्रकाशित

विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड–१९ जस्तो महामारी रोगबाट जोगिन देशमा सरकारले लकडाउन गर्यो।लकडाउन गरेपछि सार्वजनिक यातायातका साधनहरु चल्न पनि बन्द भए।सार्वजनिक यातायातको साधन चलाउने गुरु रोशनले आफूले चुनावमा भोट हालेर जिताएको नेताको घरमा पुगेर “हामी त अब भोकै पर्ने भयौ भोकै परेपछि भोकमरीले मर्ने पनि भयौ नि नेताज्यू” भन्यो।हामीलाई भोट हालेर जिताएको जनता कसैलाई पनि हामी भोकै पर्न दिदैनौ ? नेताले भने।

“मेरो घरमा भात खाने चामल र दालको गेडा अब धेरै छैन।तरकारी त आफ्नो बारीमा अलिअलि भए पनि लगाएर फलाएको छु भात खान चामल र दालको गेडा कहाँबाट ल्याउने त अब मैले ?” रोशनले भने।“तपाईले आफ्नो बारीमा फलाएको तरकारी बेचेर आएको पैसाले चामल र दाल किनेर ल्याउने नि,मैले यही सल्लाह दिए तपाईलाई अब गाडी चलाउन नपाएर के भयो र बारीमा तरकारी टन्न रोपेर फलाएर बिक्री गर्ने नि” नेताले भने।

अरुण नदी खत्री
मोबाइल नं.९८४१७९७६६४
सामाखुशी साहित्य समाज,काठमाडौं।

 

प्रतिक्रिया