चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँगको ९० मिनेटको दूरवार्तामा युक्रेनमा युद्धविरामको अत्यावश्यकतामा सहमति जनाए भनि एलिसी दरबारले मंगलबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
“दुई राष्ट्र प्रमुखले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए र युद्धविराममा पुग्नको लागि तुरुन्तै सहमति जनाए,” विज्ञप्तिमा भनिएको छ।
“युक्रेनी जनसंख्यालाई मानवीय सहयोग प्रदान गर्ने सबै प्रयासहरूलाई पनि समर्थन गरिनु पर्छ,” बिज्ञप्तीमा जनाईएको छ।
प्रतिक्रिया