आइतबार, जेठ ८ २०७९
काठमाडौं १०:०४
वासिङटन डिसी 00:19

मेरै गाँऊ रमाइलो

डिग बहादुर तामाङ्,मेरिल्याण्ड,अमेरिका २०७९ वैशाख २७ गते १०:१० मा प्रकाशित

चारैतर्फ डाँडाकाँडा गाँऊधरै रमाइलो ।
चारैतिर स्वच्छ र मिठो हावा चलेको रसाइलो ।।
प्रदुषित मैलो छैन कतै सफा छ गाँऊ सब
मनाइ राखेको छ कि जस्तो गाँऊले उत्सब ।।
कवि नेता कलाकार नेताको छैन उपस्थित ।
स्वचछ हावा स्वच्छ पानी यिन हुन परिस्थिती ।।
टाडैबाट देखिने शैलुङको शीर कति रमाइलो ।
देखियो भेडापुको अनुहार झनै फरासिलो ।।
खुलाचौर खुल्ला बाटो आगमन पनि खुल्ला ।
खुल्ला नै थियो गाँऊ सारा गाँऊले भावना खुल्ला ।।
सुनेर गीतको भाका गाँऊघर सबै रम्थ्यो ,
मेलुङ बजार बुद्धबारे हाट झनै रमाइलो ।
शान्तीका मिठो शब्द तिमीभित्र रहेछ नि
तिमीलाई छोडि म विदेश आँए मै रहेछु अज्ञानी ।

डिग बहादुर तामाङ्,मेरिल्याण्ड,अमेरिका

प्रतिक्रिया