पारिश्रमिक

अरुण नदी खत्री २०७९ वैशाख २७ गते ९:५५ मा प्रकाशित

आख्यानकार कृष्णप्रसादले आफ्नो कथासङ्ग्रह प्रकाशित भएपछि समीक्षक महेशलाई एकप्रति भेटेर दियो । कथासङ्ग्रह दिएपछि मेरो कथासङ्ग्रहको तपाईले समीक्षा लेखेर मधुपर्कमा प्रकाशित गर्नुभयो भने म तपाईलाई एकहजार रुपैँया आफ्नो तर्फबाट दिन्छु कृष्णप्रसादले भन्यो । मधुपर्कमा प्रकाशित गर्न अरु पत्रिकामा भन्दा धेरै गाह्रो छ मधुपर्कमा प्रकाशित भयो भने मलाई गोरखापत्र संस्थानले नै पारिश्रमिक दिन्छ नि समीक्षक महेशले भन्यो । मलाई मेरो कथासङ्ग्रहको समीक्षा मधुपर्कमा नै छाप्न ठूलो रहर छ आख्यानकार कृष्णप्रसादले भन्यो । मधुपर्क जस्तै धेरैले पढ्ने अरु कुनै साहित्यिक पत्रिकामा तपाईको कथासङ्ग्रहको समीक्षा लेखेर म जसरी भए पनि प्रकाशित गरेरै छाड्छु नि पत्रिकामा तपाईको कथासङ्ग्रहको समीक्षा छापिएपछि मलाई समीक्षा लेखे बापत तपाईले एकहजार रुपैँया दिनु होला नि समीक्षक महेशले भन्यो ।

अरु पत्रिकामा छापिदा मलाई त्यति खुसी लाग्दैन नि आख्यानकार कृष्णप्रसादले भन्यो । अरु पत्रिकामा छापिनको लागि पनि मैले तपाईको कथासङ्ग्रह गहन अध्ययन गरेर लेखेर पठाउनै पर्छ नि समीक्षक महेशले भन्यो । अरु पत्रिकामा छापिदा पारिश्रमिक दिनु हुन्छ कि हुुँदैन नि पनि महेशले भन्यो । अरु पत्रिकामा छापिदा म तपाईलाई पारिश्रमिक दिन सक्दिन कृष्णप्रसादले भन्यो । त्यसो भए म तपाईको कथासङ्ग्रहको समीक्षा लेख्न सक्दिन समीक्षक महेशले भन्यो ।

— अरुण नदी खत्री

सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं

मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया