काठमाडौं–संघीय राजधानी काठमाडौंमा रहेको टोखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला आफ्ना एजेण्डाका साथ चुनावी मैदानमा छन्।
उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा भएको हो।टोखा नगरमा निष्ठावान, विकासप्रेमी,कम बोल्ने,काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन्।टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन।उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन्।उनी जनताको प्रतिक्रियाबाट उत्साहिच भएका छन्।जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे। उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए।बोलेर होइन काम गरेर देखाउँछु । एक मौका दिन मतदातालाई आग्रह गरेका छन्।मतदातालाई कहिले पछुतो हुन नदिने श्रेष्ठ बताउँछन्।
श्रेष्ठ साहारा राइड सेयरिङ एपका अध्यक्ष रहेका श्रेष्ठ प्रविधिको प्रयोग मार्फत हजारौं युवालाई रोजगारी दिइरहेका छन्।उनी लाइन्स क्लब, स्थानिय गुठि लगायत विभिन्न सामाजिक संस्थाहरुको सफलता पुर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गरेका छन्।उनी राजनीतिलाई सेवाको रुपमालिन्छन् र भन्छन् म जनताको सेवाको लागि आएको हो,म जनताको सेवक हुँ।उनले समग्र टोखा नगरको लागि बुदाँगत रुपमा आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । टोखाको ११ वटै वडाको मुख्य आवश्यकता र चाहानालाई समेटेर उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
१,टोखा नगरको गुरुयोजना निर्माण गरी त्यसको आधारमा पूर्वाधार निर्माण, सामाजिक,आर्थिक र सांस्कृतिक लगायतका विकास योजना तथा परियोजना निर्माण गरी दिगो विकासको अवधारणा अनुरुप क्रियाशिल रहनेछौं।
२,टोखा नगरलाई सांस्कृतिक तथा मौलिक सम्पदायुक्त सुन्दर र समृद्ध नगरपालिकाको रुपमा विकसित गर्दै विश्वमा चिनाउने कार्यमा
हामी सदा कटिबद्ध रहनेछौं । सांस्कृतिक सम्पदायुक्त आवासीय एंव दर्शनीय स्थलको रुपमा विकास गरी स्थानिय समुदायहरुलाई नै अधिकतम स्वरोजगारको अवसर सिर्जना गर्नेर्छौ।
३,शिक्षा प्रमाणीलाई बैज्ञानिक, प्राविधिक तथा प्रयोगात्मक बनाउदै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि गर्ने,संस्थागत विद्यालयको निरन्तर अनुगमन गरी एकरुपपा कायम गर्ने,शिक्षामा बैज्ञानिक मापदण्ड अनुरुप गुणात्मक सुधार गर्दै लैजाने।
४,स्वास्थ्य बिमालाई प्रोत्साहन गर्दै सेवासुविधाहरु थप गर्दै लैजाने र निःशुल्क स्वास्थ्य उपचारको अवधारणा अनुरुप कार्यक्रमहरु निर्माण गरी लागु गर्नेछौं।
५,इमेरजेन्सी मेडिकल सर्भिस र जेष्ठ नागरिक,अपाङ्ग र अशक्तलाई घरघरमा नरसिङ सेवा प्रदान गर्नेछौं।
६, सहकारी मार्फत प्रत्येक वडामा सुलभ खाद्य पसल सञ्चालन गर्नेछौं।
७, फुटपाटका पसलहरुलाई उचित ठाउमा व्यवस्थापन गर्नेछौं।
८, विपद् जोखिम व्यवस्थापन तालिम सञ्चालन गर्नेछौं।
९,स्थानिय उद्योगलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउनेछौं
१०,फोहोरको दिगो व्यवस्थापन गर्नेछौं।प्रविधिको प्रयोग गरेर फोहोरबाट मोहोर बनाउने छौं।
११,कृषकलाई कृषि सामग्री अनुदानमा उपलब्ध गराउनेछौं।
१२,कौशी खेतीका लागि तालिम तथा अनुदानको व्यवस्था गर्नेछौं।
१३,टोखा नगर भित्र उत्पादन भएका कृषी उत्पादनलाई यहि खपत
गर्ने व्यवस्था गर्नेछौं।
१४,टोखा नगरपालिकालाई सांस्कृतिक र कृषि पर्यटन लक्षित कार्यक्रम सञ्चालन गर्नेछौं।
१५,नगरलाई प्रविधिमैत्री बनाउने छौं।
१६,सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागि निशुल्क सेनिटरी प्याड उपलब्ध गराउने छौं।
१७,नगर अस्पतालको स्तोरन्नती गरी सहुलियतमा औषधीहरु उपलब्ध गराउने छौं ।
१८,रोजगारीका अवशरहरु सिर्जना गर्न युवा,महिला तथा इच्छुक व्यक्तिहरुलाई तालिम,परामर्श,सुलभ ऋण तथा अनुदान र बजारको प्रबन्ध गर्दै लैजानेछौं। प्राचिनकालदेखी नै चल्दै आइरहेको मौलिक प्रकृतिका साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्दै व्यवसायमुलक रुपमा परिर्वतन गर्ने कार्य गर्नेछौं।
१९,टोखा नगर क्षेत्रको पारिवारिक विवरण (प्रोफाइल) तयार गरी अन्तराष्ट्रिय मापदण्ड अनुरुप काम गर्नेछौं।
२०,जेष्ठ नागरिकहरुको सम्मान र उपलब्धीहरुको कदर गर्दै उहाहरुको मनोरञ्जनका लागि पार्कहरु निर्माण गर्नुका साथै असायहरुका लागि बाल तथा बृद्धाश्रकको व्यवस्था गर्नेछौं।
२१,प्राकृतिक श्रोतको रुपमा उचित संरक्षण गरी हरियाली र प्रदुषणमुक्त शहरको निर्माण गर्नेछौं।
२२,प्रत्येक वडाहरुमा सुचना केन्द्रको स्थापना र सार्वजनिक सेवाका विषयहरुमा सूचना प्राप्त गर्न सहज प्रविधिको विकास गर्नेछौं।
२३,प्रत्येक वडा भित्र सहज र सुलभ रुपमा यातायातको प्रबन्ध गर्नेछौं।विद्युतिय साधनहरुलाई प्रोत्साहन गर्दै आवश्यक स्थानमा प्रविधियुक्त पार्किङ स्थलको व्यवस्था गर्नेछौं।
२४,नगरपालिका सल्लाहकार परिषद्को गठन गरी अनुभव र विज्ञताको आधारमा कार्य गरी उत्कृष्ट नगरपालिका बनाउनेछौं।
प्रतिष्ठित व्यक्ति तथा विज्ञहरुको अध्ययन अनुसन्धान र सुझावहरुलाई योजना निर्माणमा मार्गदर्शनको रुपमा लिई कार्य गर्नेछौै।
२५,नगर तथा वडाहरुमा सदाचारी जनप्रतिनिधि र भष्ट्राचारमा शुन्य सहनशिलताको नीति अवलम्बन गरी सर्वसाधारणलाई कुनै किसिमको ढीलासुस्ती नगरिकन कार्यहरु सञ्चालन गर्ने वातावरण तयार गर्नेछौं।
२६,झोर क्षेत्रलाई प्राङ्गारिक कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गरी कृषि पर्यटनको गन्तव्य स्थलको रुपमा विकास गर्नेछौं।
२७,सार्वजनिक जग्गाहरुको संरक्षणका साथै सार्वजनिक शौचालय, हरियाली पार्कहरु,कभर्ड हल,खेलकुद मैदान, मठमन्दिर,धारालगायतका आवश्यक पूर्वाधारहरु निर्माण गर्नेछौं।
२८,आवश्यक स्थानमा सडकहरुको निर्माण र स्तरोन्नतीका साथै पक्कि तथा कालोपत्रे गर्नेछौं।
२९,सडक वत्तिहरुको जडान गरी उज्यालो शहरको रुपमा विकास गर्नेछौं।
३०,ठाउठाउमा सिसि क्यामेराको जडान गर्नेछौं।
३१,विष्णुपति,साङ्लेखोला लगायतका नदीहरुको सफाई, ढल व्यवस्थापनका साथै खोलामा मनोरञ्जनका लागि ढुंगा चलाउने रकिनारमा मनोरञ्जनात्मक बजारको विकास गरी रोजगारीको अवसरहरु सिर्जना गर्नेछौं।
३२,नगरको विकास निर्माण तथा व्यवस्थापनमा राजनीतिक सहकार्यको भावनालाई आत्मसाथ गरी स्थानिय जनताको चाहना बमोजिम सुन्दर र समृद्ध टोखा निर्माण अभियानलाई अघि बढाउनेछौं।
प्रतिक्रिया