रुसी उपप्रधानमन्त्री मारात खुस्नुलिनले आइतवार मेरिउपोलको भ्रमण गरेका छन् । रूसी बमबारी पछि युक्रेनी शहरमा पाइला राख्ने उनि रुसका सबैभन्दा वरिष्ठ सरकारी अधिकारी हुन् ।
आफ्नो टेलिग्राम च्यानल( संचार माध्यम)मा खुस्नुलिनले भने, “मैले डिएनआर [डोनेट्स्क पिपुल्स रिपब्लिक] र एलएनआर [लुहान्स्क पिपुल्स रिपब्लिक] को मुक्त क्षेत्रहरूको भ्रमण गरेको छु। मैले मेरिउपोल, भोल्नोवाखा, लुहान्स्क र अन्य शहरहरूको भ्रमण गरें र स्थानीयहरूसँग कुराकानी गरें।”
” उक्त क्षेत्रहरूमा, शान्तिमय जीवनको पुनर्स्थापना सुरु हुन्छ र धेरै काम छ । हामी मद्दत गर्नेछौं। विशेष गरी मानवीय सहायता प्रदान गर्न ठूलो मात्रामा काम गर्न आवश्यक छ।”
उक् अङ्कियदृश्य (भिडियो)मा खुस्नुलिनले स्वघोषित डोनेट्स्क जन गणतन्त्रका नेता डेनिस पुशिलिनसँग भेट गरेको देखाइएको छ। जवाफमा मेरिउपोलका निर्वाचित युक्रेनी नगर प्रमुखका सल्लाहकार पेट्रो एन्ड्रुसेन्कोले खुस्नुलिनले मेरिउपोलको बन्दरगाह भ्रमण गरेको बताए भनि सिएनएनले समाचार लेखेको छ ।
“सामान्य लुटपाटको अतिरिक्त, त्यस्ता भ्रमणहरू बढ्दो रूपमा रुसमा कब्जा गरिएका क्षेत्रहरूलाई प्रत्यक्ष रूपमा एकीकृत गर्ने प्रयासको बारेमा छन्,” एन्ड्रुसेन्कोले भने।
प्रतिक्रिया