युक्रेनमा जारी द्वन्द्वका बीच रुसले सोमबार वार्षिक विजय दिवस मनाउने भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा राष्ट्रिय बिदा तथा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत विजयको प्रतिकको रुपमा मनाउने छ ।
सुरुदेखि नै, क्रेमलिनले युक्रेनमा आफ्नो विजयको उत्सव मनाउन विजय दिवस प्रयोग गर्ने अपेक्षा गरेको थियो ।
उक्त दिनलाई दिनलाई नजिकबाट हेरिएको छ किनभने पुटिनले कसरी प्रचार गर्छन भन्ने कुराले क्रेमलिन कति लामो लड्न चाहन्छ भन्ने कुराको अर्थ दिन सक्छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।
युक्रेन, पश्चिमी देशहरू र धेरै विशेषज्ञहरूलाई पुटिनले विजय दिवसलाई राष्ट्रिय परिचालनको घोषणा गर्न प्रयोग गर्न सक्छन् भन्ने डर छ ।
प्रतिक्रिया