सुकुम्वासी मुक्त्त शहर निर्माण गर्ने

इनेप्लिज २०७९ वैशाख २५ गते ९:५१ मा प्रकाशित

विराटनगर,२५ वैशाख।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले विकासको सम्भावक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनु पर्ने बताउनु भएको छ।

स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोण सभामा उहाँले रोजगारी सिर्जना,सुकुम्वासी मुक्त र बाढीमुक्त शहर निर्माण गर्ने विश्वास दिलाउनु भयो।

महानगरका नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शुन्य पालिका,सफा,सुन्दर शहर र दोश्रो ठूलो पालिका बनाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

विराटनगनर –११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्रे सडक, स्वच्छ खानेपानी,व्यवस्थित ढलको व्यवस्था गर्ने वताउनु भयो।

केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइराला सहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमा सभामा परिणत भएको थियो।

प्रतिक्रिया