युक्रेनमा विद्यालयको आश्रयस्थलमा बम विष्फोट भएपछि उच्च मृत्यु हुने आशंका गरिएको छ ।
युक्रेनले रुसले लुहान्स्क क्षेत्रको एक विद्यालयमा बम खसालेको आरोप लगाएको छ जहाँ ९० जनाले आश्रय लिएका थिए ।
लुहान्स्क क्षेत्रका सैन्य प्रशासनका प्रमुख सेर्ही हेडेले रुसी विमानले बिलोहोरिभका गाउँको विद्यालयमा बम खसालेको बताए । उनका अनुसार उक्त बिद्यालय अग्रपंक्तिबाट करिब ७ माईल टाढा रहेको छ ।
हालसम्म ३० जनाको भग्नावशेषबाट उद्धार गरिएको हेडेले बताए ।
“लगभग पूरै गाउँ लुकेको देखिन्छ । सबैजनालाई खाली गर्न सकिएन । सामाजिक क्लब(अड्डा)मा प्रहार गरेपछि विद्यालयको छिडी लुक्ने ठाउँ रहेको थियो, तर रूसीहरूले मानिसहरूबाट यो मौका लिए,” हेडेले भने।
उद्धार कार्य जारी रहेको उनले बताए ।
क्षेत्रीय अधिकारीहरूले सामाजिक संजालमा प्रकाशन गरेका तस्बिरहरूले विद्यालय भग्नावशेष देखाएको छ ।
प्रतिक्रिया