मुख होइन रुख हेरेर मतदान गर्न गगन थापाले गरे आग्रह

इनेप्लिज २०७९ वैशाख २३ गते २३:३६ मा प्रकाशित


रौतहट नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्न चुनावी प्रचार अभियानको क्रममा रौतहट आएका पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सचिव गगन थापाले उम्मेदवारको मुख होइन,पार्टीको चुनाव चिन्ह रुख हेरेर मतदान गर्न आग्रह गरेका छन्।

नेता थापा रौतहटको गरुडा,सन्तपुर,हर्षाहा तथा ईशनाथ र कटहरिया लगायतका स्थानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरेका हुन्।चुनाव घरआँगनमा आइसकेकोले आपसी वैरभाव तथा मनोमालिन्यलाई बिर्सेर सबैले पार्टीको आधिकारिक चुनाव चिन्हलाई हेरेर मतदान गर्न आग्रह गरेका छन्।

नेता थापाले स्थानीय तहमा नेपाली काँग्रेसको उम्मेदवार विजयी भएका केन्द्रबाट आफूले थप बजेटको व्यवस्था गर्ने पनि बताएका छन्।नेता थापाले नेपाली काँग्रेसको केन्द्रीय नीतिलाई स्थानीय तहमा लागू गर्न स्थानीय सरकार नेपाली काँग्रेसको हुनुपर्ने जिकिर गरेका छन्।नेता थापाले स्थानीय सरकारमा नेकाको पहुँचले स्थानीय लोकतन्त्र बलियो हुने बताउँदै सबैलाई मतदान गर्न पनि सुझाव दिएका छन्।देशमा लोकतन्त्रको रक्षक नेपाली काँग्रेस मात्र भएकोले सबैले लोकतन्त्रलाई बचाउन पनि मतदान गर्नुपर्ने सुझाव नेता थापाको रहेको छ।
नेता थापाले नेपाली काँग्रेसको बहुमतको सरकार भएका बृद्ध पेन्सनको उमेर ६५ वर्ष कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

देशमा गठबन्धन बाध्यता भएको र नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलले सफलतापूर्वक देश संचालन गरिरहेको बताएका छन्।नेता थापाले गठबन्धन भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सबै किसिमले सहयोग गर्न पनि सुझाव दिएका छन्।

प्रतिक्रिया