युक्रेनबाट ५६ लाखभन्दा बढी शरणार्थी भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्क

इनेप्लिज २०७९ वैशाख २१ गते ११:०७ मा प्रकाशित

युक्रेनबाट ५६ लाखभन्दा बढी शरणार्थी भागेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर ) को पछिल्लो तथ्याङ्कअनुसार फेब्रुअरीको अन्त्यमा रुसी आक्रमण सुरु भएयता ५.६ लाखभन्दा बढी मानिसहरु युक्रेनबाट भागेका छन्।

कम्तिमा ७.७ मिलियन मानिसहरू युक्रेनमा आन्तरिक रूपमा विस्थापित भएका छन् ।

अर्थात् उनीहरूको घर छोड्न बाध्य भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम ) को पछिल्लो प्रतिवेदनले जनाएको छ ।

८. ३ मिलियन शरणार्थीहरू युक्रेनबाट भाग्ने अनुमान गरिएको युएनएचसिआर ले गत हप्ता भन्यो ।

प्रतिक्रिया