पुटिनले मे ९ मा युक्रेनविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गर्न सक्ने अमेरिकी र पश्चिमी अधिकारीहरूले विश्वास गरेका छन्।
अमेरिकी र पश्चिमी अधिकारीहरूका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे ९ को दिन युक्रेनमा औपचारिक रूपमा युद्धको घोषणा गर्न सक्ने छन । पूर्वी र दक्षिणी युक्रेनलाई जित्ने प्रयास स्वरुप रूसले आरक्षित सेनालाई पूर्ण परिचालन गर्न अनुमति दिन सक्ने अमेरिकी र पश्चिमी अधिकारीहरूले विश्वास गरेका छन ।
मे ९, जसलाई रुसको “विजय दिवस” भनिन्छ । सन् १९४५ मा रुसीहरूले नाजीहरूमाथि गरेको पराजयको सम्झनामा मनाइन्छ।
बेलायती रक्षा सचिव बेन वालेसले गत हप्ता एलबीसी रेडियोलाई भने, “मलाई लाग्छ कि पुटिनले आफ्नो ‘विशेष कारवाई ‘ बाट सार्न कोशिस गर्नेछन ।
वालेसले यदि युद्धको घोषणा गरेमा उनि अचम्ममा नपर्ने बताए । र ,उनले भने मलाई यसबारेमा कुनै जानकारी छैन ।
पुटिनले सम्भवतः युद्धको घोषणा गर्न सक्छन र उनले ‘हामी अहिले विश्वका नाजीहरूसँग युद्धमा छौं र हामीले सामूहिक परिचालन गर्न आवश्यक छ पनि भन्न सक्छन भनि वालेशले एक अन्तर्वार्तामा भने ।
प्रतिक्रिया