युक्रेनी सिपाहीहरूले मेरियुपोलको एजोभस्टल स्पात कारखानामा ५ जना रुसी मारेको जनाएका छन् । आजोभ सैन्य दलका सिपाहीहरूले मेरिउपोलको एजोभस्टल स्पात कारखानामा रूसी सेनाको प्रतिरोध गर्न जारी राखेको बताए ।
कारखानामा आक्रमणको प्रयासको क्रममा सोमबार पाँच रूसी सैनिकहरू मारिएका छन् ।
मेरिउपोलको एजोभस्टल इलाकाबाट नागरिकहरूको आंशिक निकासी पछि, शत्रुले कारखानाको इलाकामा गोली प्रहार जारी राखेका छन् । जसमा नागरिकहरू खतराबाट लुकेका भवनहरूमा हवाई हमला र नौसेना तोपखाना र बख्तरबन्दहरू प्रयोग गरेर आक्रमण जारी राखेका छन् ।
सुविधामा आक्रमणको क्रममा पाँच “दुश्मन कब्जाकर्ताहरूलाई नष्ट” गरिएको उनीहरुको सरकारी संचार माध्यमले उल्लेख गरेको समाचार सिएनएनले लेखेको छ । दुई महिना देखि फसेका करिव २०० जनालाई निकाश गर्न समेत रुसी सेनाले ज्यादै अवरोध गरेका छन् ।
प्रतिक्रिया