नेकांबाट मुलुकको विकास र सम्वृद्धि हुने– नेता निधि

इनेप्लिज २०७९ वैशाख १९ गते २२:२६ मा प्रकाशित

विराटनगर,१९ वैशाख।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द निधिले नेकांबाट मात्र मुलुकको विकास र सम्वृद्धि हुने बताउनु भयो।

विराटनगर –१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि नेकांको विजयीबाट सम्भव हुने विचार राख्नु भयो।

नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा विजयी सुनिश्चित गराउनु सबैसँग आग्रह गर्नु भयो।

अर्का केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै नेकांं जितबाट नगरको समग्र विकास हुने धारणा राख्नु भयो।

प्रमुख पदका नेकां उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

गठबन्धनबाट उप प्रमुख पदका उम्मेदवार जसपाका अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताउनु भयो।

कायस्थ र रौनियार समुदायबीच छलफल

यसैबीच प्रमुखका उम्मेदवार कोइरालाले कायस्थ र रौनियार समुदायसँग आज यहाँ छलफल गर्नु भएको छ।

उहाँले नगरका विभिन्न स्थानमा पुगेर रौनियार र कायस्थ समुदायका अगुवाहरुसँग छलफल गर्दैै जातीय अन्तरघुलनका कारण विराटनगर सांस्कृतिक रुपमा समेत निकै धनी भएको चर्चा गर्नु भयो।कोइरालाले वहुजातीय र भाषाभाषी सहरका रुपमा चिनिएको यस नगरमा सांस्कृतिक जगेर्ना गर्ने कार्यमा अग्रसर हुने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

सो अवसरमा नेकांका केन्द्रीय सदस्य विमलेन्द्र निधिको सहभागिता रहेको थियो।

गठबन्धन उम्मेदवारहरुद्वारा संयुक्त रुपमा घरदैलो कार्यक्रम

यसैवीच गठबन्धनका दलका प्रमुख र उपप्रमुखका उमेदवारहरु नागेश कोइराला र अमरेन्द्र यादवले आज यहाँ संयुक्त रुपमा मत माग्न शुरु गर्नु भएको छ।

उहाँहरुले विराटनगर– १८ मा संयुक्त रुपमा कार्यक्रम गरी घरदैलो सञ्चालन गर्नु भएको छ।उम्मेदवारहरुले गठबन्धनका पक्षमा मतदान गरी विजयी बनाउन आग्रह गर्नु भयो।

प्रतिक्रिया