इन्धन सहित कुनै सुविधा नलिने प्रतिवद्धता

इनेप्लिज २०७९ वैशाख १९ गते २२:१७ मा प्रकाशित

विराटनगर,१९वैशाख।विराटनगर महानगरपालिकावाट उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने(पोखरेल)ले विजयी भएमा पेट्रोल सहित कुनै सुविधा नलिने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ।

उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकामा भष्ट्राचार नगर्ने र गर्न समेत नदिने बताउनु भयो।नेकपा माओवादी केन्द्रकी पूर्व महानगर नेता समेत रहनु भएकी न्यौपानेले ५५ प्रतिशत महिलाको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको दावी गर्दै महानगरलाई कर्मचारी भर्ती केन्द्र नबनाउनुका साथै सुकुम्वासीहरुलाई एकीकृत वस्ती बनाई समस्या समाधान गर्ने दावी समेत प्रतिवद्धता पत्रमा उल्लेख गर्नु भएको छ।

नेता न्यौपानेले विराटनगरलाई छैठोबाट दोस्रो ठूलो शहर बनाउनुका साथै राजश्व चुहावट नियन्त्रण गरि करको दायरा वढाई कर घटाउने बताउनु भएको छ।

विराटनगर महानगरमा गठबन्धन दलवाट प्रमुखमा नागेश कोइराला र उपप्रमुखमा अमरेन्द्र यादव उम्मेदवार हुनुहुन्छ।न्यौपाने विसं २०७४ निर्वाचनमा माओवादीबाट उपप्रमुखको उम्मेदवार भै दोश्रो स्थान ल्याउनु भएको थियो।

प्रतिक्रिया