जर्मन चान्सलरद्वारा पुटिनलाई युक्रेन आक्रमण अन्त्य गर्न आह्वान

इनेप्लिज २०७९ वैशाख १९ गते १६:४० मा प्रकाशित

जर्मन चान्सलरले पुटिनलाई युक्रेन आक्रमण अन्त्य गर्न आह्वान गरेका छन ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा रुसको आक्रमण र भूमिमा भइरहेको “मूर्खताहीन हत्या” अन्त्य गर्न अपील गरेका छन्।

सोमबार बर्लिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको पत्रकार सम्मेलनमा बोल्दै स्कोल्जले भने कि “महत्त्वपूर्ण यो छ कि एक अर्का विरुद्ध युद्ध गरेर होइन, तर आर्थिक विकास र संयुक्त विकासलाई सम्भव बनाएर मिलेर राम्रो भविष्य हासिल गर्नु हो।”

जर्मन चान्सलरले पुटिनलाई “युक्रेनबाट आफ्ना सेना फिर्ता लिन” आह्वान पनि गरे, “हिंसाको प्रयोग गरेर सिमाना परिवर्तन गर्नु हुँदैन।” उन्ले भने ।

प्रतिक्रिया