महानगरको विकासका लागि एमालेले नेतृत्व गर्नुपर्छ

इनेप्लिज २०७९ वैशाख १८ गते १६:०४ मा प्रकाशित

विराटनगर,१८ वैशाख।नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले विराटनगरको विकासका लागि एमालेले महानगरको नेतृत्व लिन आवश्यक रहेको बताउनु भएको छ।

पार्टी कार्यालय विराटनगरको पाञ्चालिमा आयोजित १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा उहाँले महानगरको चौतर्फी विकास एमालेको नेतृत्वले मात्र गर्ने सक्ने महानगबासीले बुझेको दाबी गर्नु भयो।नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज देवराज घिमिरेले सत्ता गठबन्धनले महिलाका संवैधानिक, राजनितिक अधिकार हनन गरेको आरोप लगाउनु भयो।नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशका सह इन्चार्ज विनोद ढकालले मजदुरहरुका हक अधिकारलाई सुनिश्चित गर्न महानगरको नेतृत्वमा पुर्याउन आग्रह गर्नु भयो।

विराटनगर महानगरका प्रमुखमा एमालेका उम्मेदवार सागर थापाले विराटनगरको विकासका लागि कुशल नेतृत्व छान्न नसक्दा देशको दोस्रो ठूलो सहरबाट आज छैटौं स्थानमा पुगेको आरोप लगाउनु भयो।महानगरपालिकाको उपप्रमुखको उम्मेदवार शिल्पा निराला कार्कीले सम्पूर्ण मजदुरका आवाजलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

 

प्रतिक्रिया