विराटनगर,१८ वैशाख।नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेकां पहिलो स्थानमा आउने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धन दलहरु वीच तालमेलवाट नेकां अध्याधिक स्थानमा विजयी भै पहिला स्थानमा आउने दावी गर्नु भयो।नेता निधिले गठबन्धनबाट मुलुकमा लोकतन्त्र र नेकां वलियो हुने दावी गर्दै नागरिकहरुले पार्टीलाई अत्याधिक मतदान गरी बिजयी बनाउने विश्वास व्यक्त्त गर्नु भयो।
उहाँले गठबन्धनका लागि केन्द्रले कुनै हस्तक्षेप नगरेको चर्चा यो पार्टीको साझा सहितमा निर्णय भएको विचार राख्नु भयो।
एक प्रश्नको जवाफमा पूर्वमन्त्री निधिले एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाई,श्रीमती,छोरी,बुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वाभिक हो।
उहाँले गठबन्धनवाट पार्टी र पदाधिकारी जोगिने धारणा राख्दै सम्पूर्ण जनतालाई नेकाँको चुनाव चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भयो।
नेता निधिले गठबन्धनवाट नेकां मधेशमा वलियो हुने धारणा राख्दै समग्र रुपमा देशभरी गठबन्धनका उम्मेदवारहरु विजयी प्राप्त गर्ने बताउनु भयो।
प्रतिक्रिया