भुटान वाचले आफ्नो मानब अधिकारसँग सम्बन्धित चौथो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। आफ्नो आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत दर्शक,श्रोता तथा पाठकहरुलाई जानकारी गराएको छ ।
गत अप्रिल ३० का दिन सो संस्थाले उसको प्रतिवेदन सार्वजनिक कार्यक्रममा डा. भम्पा राई, अभियानकर्ता राम कार्की, भुटानी पत्रकार इन्द्र अधिकारी र नेपाली पत्रकार देवेन्द्र भट्टराई वक्ता रहेका थिए ।
कार्यक्रम भुटानी पत्रकार सिएम निरौलाले संचालन गरेका थिए।
सो संस्थाले सन २०१९ देखि बर्षेनी जर्नल र भुटानमा मानब अधिकारसंग सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्दै आएको छ ।
प्रतिवेदन हेर्न यहाँ थिच्नु होला :
https://www.bhutanwatch.org/human-rights-report-2022/
प्रतिक्रिया