तीस युनिट विद्युत महशुल निःशुल्क हुने संकल्प प्रस्ताव

इनेप्लिज २०७९ वैशाख १६ गते २३:३८ मा प्रकाशित

विराटनगर,१६ वैशाख।आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा विराटनगर महानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट भएका सबै पदका उम्मेदवारहरुले सामूहिक रुपमा संकल्प लिएका छन्।

विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह संकल्पपत्र घोषण कार्यक्रम–२०७९’ सार्वजनिकीकरण समारोहमा सो संकल्प उम्मेदवारहरुले लिएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला र भीम पराजुलीको उपस्थितिमा भएको सो कार्यक्रममा महानगरका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचारलाई शून्यमा ल्याउने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।

उहाँले नगरलाई व्यवस्थित एवं सफा र हरियाली बनाउने, सीमान्कृत नागरिकले उपभोग विद्युत महशुलमा ३० युनिटलाई निःशुल्क बनाउने र विराटनगर महानगर अस्पताल बनाई नागरिकको स्वास्थ्यमा विशेष योगदान दिने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।

जम्मा ५९ वटा बुँदालाई समेटर बनाइएको संकल्प प्रस्ताव अनुसार काम भएमा विराटनगर देशकै एक नमुना सहर बत्रे विश्वास जनतामा जागेको देखिन्छ।एक नगरवासीले ३० युनिट खपत गर्ने परिवारलाई विद्युत निःशुल्क गर्ने प्रस्ताव हामी निमुखालाई निकै राहत पुग्ने बताउनुभयो।

उहाँले शिक्षा,स्वास्थ्य,रोजगार सिर्जना गर्ने जस्ता संकल्प अनुसार काम भएमा नगरमा समृद्ध आउने कुरालाई कसैले पनि नकार्न नसकिने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया