महानगरपालिकाको प्रमुख,उपप्रमुख गरी २३ जना उम्मेदवारहरुले नाम फिर्ता लिए

इनेप्लिज २०७९ वैशाख १६ गते २३:३१ मा प्रकाशित

विराटनगर,१६वैशाख।आसन्न स्थानीय तहको निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख, उपप्रमुख,वडाअध्यक्ष र सदस्य गरी जम्मा २३ जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

यसरी उम्मेदवारी फिर्ता लिने प्रमुख पदका उम्मेदवारहरुमा राष्ट्रिय जनमोर्चावाट टंक प्रसाद गौतम,नेपाल परिवार दलवाट महेश निरौला रहनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।यसैगरी उपप्रमुख पदवाट उम्मेदारी फिर्ता लिनेहरुमा नेपाल परिवार दलवाट दिपा पोखरेल र स्वतन्त्र उद्धवप्रसाद कोइराला रहनु भएको कार्यालयका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले जानकारी दिनु भयो।

महानगरपालिकामा अव प्रमुख पदमा १३ जना र उपप्रमुमुखमा १४ जनाले प्रतिस्पर्धा गर्नुहुने छ।यस्तै विभिन्न वडाका सात जना वडा अध्यक्ष र ११ जना सदस्यहरुले समेत आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ।

कार्यालयले आज साँझ प्रकाशित गरेको अन्तिम नामावली अनुसार ७२३ जनाले विभिन्न पदमा उम्मेदवारी दिनु भएको भएको सूचना अधिकारी वुढाथोकीले बताउनु भयो।महानगरपालिका प्रमुख, उपप्रमुख,१९ बटा वडाअध्यक्ष,खुल्ला दुई सदस्य, महिला र दलित महिला सदस्यगरी ९७ पद रहेका छन्।कार्यालयले भोलि विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

 

 

प्रतिक्रिया