व्यवसायिक रुपमा अमेरिकामा बस्दै आउनु भएका रचनाकार,कलाकार तथा सामाजीक अभियन्ता मदन कुमार थापाको शब्दमा बिपिन घिमिरेको स्वर तथा संगीत र शेर बहादुन डीसीको निर्देशनमा रहेको गजल गीत बिजुलि पानी सार्बजनिक गरिएको छ ।
निर्देशक डी सीका अनुसार युबा पिढीलाई मध्यनजर गर्दै बिजुली पानीलाई शु:ख दु:ख को सहयात्री सम्झि मनोरन्जनको रुपमा लिदा अरुको जीवन सङ्ग खेलवाड नहोस भन्ने कुरा भुल्नु हुदैन र उक्त दृस्यमा बिजुली पानी प्रचुर मात्रा मा सेवन गर्दा घरबार/आर्थिक/सामाजिक तथा मनोवैज्ञानिक आँच आउने कुरा स्पष्ट पारिएको छ ।
भिडीयोलाई कलात्मक बनाउन छाँयाकार शुसील डाँगीको मुख्य भुमिका रहेको छ र निराजन केसिले सम्पादन गर्नु भएको छ र यस गितमा मुखय भुमिकाको रुपमा कलाकार मदन थापा ,शेर बहादुर डिसी ,याङी डोङ्,सृजना किरात,पुस्कर आचार्य लगायत अन्य कलाकार लाई देख्न सकिन्छ ।
उक्त अबसरमा अमेरिकामा बस्दै आउनु भएका द्वय सर्कज मदन थापा र पुष्कर पन्त दुबै जना एक्सन मिडियामा सन्चालकको रुपमा रही निरन्तर गीत संगीत तथा चलचित्र निर्माण गर्दै जाने प्रतिबद्द्ता जाहेर गर्नु भयो ।
प्रतिक्रिया