इच्छाशक्त्तिले कमाएको नाम र दाम

मोहम्मद सदरुल, २०७९ वैशाख ११ गते १०:४३ मा प्रकाशित

मोहम्मद सदरुल,विराटनगर,११ वैशाख(रासस):इच्छा शक्त्ति भएमा नाम र दाम दुबै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहता।

उहाँले निजी लगानीका बिउबिजन उत्पादन तथा प्रशोधन केन्द स्थापना गरेर लाखौँ आम्दानी गर्न सफल हुनु भएको छ।विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिएपनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइ रहनु भएको छ।

देवानगञ्ज गाउँपालिका वडा नं २ निवासी मेहताले शुरुमा रु.एक करोड भन्दा बढी लागत लगाएर बिउ प्रशोधन केन्द्र स्थापना गर्नु भयो।उहाँले यस कार्यका लागि पालिकाले रु.चार लाख र कृषि ज्ञान केन्द्र सुनसरीले रु.आठ लाख सहयोग गरेको जानकारी दिनुभयो।

सानै देखि कृषि पेशामा समर्पित मेहताले रु.२० लाखमा बिउ प्रशोधन मेशिन खरिद गर्नुभएको छ।

उहाँले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बिउ बिक्री गर्नुभयो। मसिनो धान प्रतिकेजी रु.१०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गर्नु भएको हो।

बिउ बृद्धिका लागि स्थानीय किसानहरुका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आउनु भएको छ।बजार मूल्य भन्दा २० प्रतिशत बढी मूल्य दिएर बिउ बृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ।

यसवर्ष उहाँले धान १२५ मेट्रिकटन र गहुँ १२५ मेट्रिकटन बिउ उत्पादन गर्ने लक्ष्य लिएका छन्।

उहाँले यसमा मात्र सीमित नरहेर अर्गानिक मल पनि उत्पादन गरिरहनु भएको छ ।अर्गानिक मलका लागि गोबरका लागि आवश्यकता अनुसार भैँसी र गाई वस्तु पनि पाल्नु भएको छ।गोबर,घाँसपात लाई कुहाएर बनाउने अर्गानिक मलको गुणस्तर जाँच तथा प्रमाणीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई रु.चार लाख भुक्त्तानी गरेको र यसपछि वर्षेनी रु.छ हजार मल जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताउनुभयो।

उहाँले भत्रुभयो,‘अर्गानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसानहरु अर्गानिक मल तर्फ रुची बढेको पाइएको छ।’

प्रतिकेजी रु.२० दरले बिक्री हुने अर्गानिक मल गएको वर्षमा ६० मेट्रिकटन अर्गानिक मल बिक्री भएको छ।यसवर्ष अर्गानिक मलका उत्पादन बृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाई छ।परिवार सबै मिलेर गरिरहेका यसकाम लागि उहाँले एक जना कृषि अधिकृत र एकजना जेटिएलाई जागिर पनि दिनुभएको छ ।

दैनिक १५ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिँदै आउनु भएको कृषक मेहताले भत्रुभयो,‘जिल्ला स्तरबाट राष्ट्रपति पुरस्कार र बिउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाएको छु, खर्च काटेर वर्षमा रु.३० लाख आम्दानी गर्छु।’

यही आम्दानीबाट उहाँले एक छोरा आनन्द मेहतालाई एमवीवीएस उतीर्ण गराएर एमडीमा भर्ना गर्नुभएको छ भने एक छोरी अम्बिका मेहता वीएससी नर्स र अर्की छोरी आरती मेहता विएससी एजीसम्मको शिक्षा दिनुभएको छ।

उहाँले यस अतिरिक्त्त दुई विगाहा पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ ।बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला,भिण्डी,खुर्सानी,काँक्रा अहिले बेजोडले फलेको देख्न पाईन्छ।व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहि कतै भौतारिनु नपरेकोमा खुशी व्यक्त्त गर्नुभयो।

आनन्द सिड्स एण्ड अर्गानिक फर्टिलाईजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उहाँकै सहोदर भाई उमेशकुमार मेहताले पनि अर्गानिक मल उत्पादन शुरु गर्नु भएको छ।गएको वर्षमा उहाँले १० मेट्रिकटन अर्गानिक मल बिक्री गर्नुभएको थियो,यसवर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिनु भएको छ ।उहाँले १० वटा गाई पाल्नु भएको छ भने दैनिक १५ लिटर प्रतिलिटर रु.५० कार दरले दुग्ध पनि बेच्दै आउनुभएको छ।आफ्ना पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिन रात नभनि श्रीमानको काममा सघाउँदै आउनुभएको छ।

प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवं अनुगमन गर्दै आफ्नै सीप,ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो।

कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार विचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनु पर्ने कुरामा जोड दिनुभयो।

प्रतिक्रिया