रुसद्वारा उत्तरपूर्वी शहर खार्किभमा नागरिक पूर्वाधारमा गोलाबारी , ९ जना घाइते र दुई जनाको मृत्यु

इनेप्लिज २०७९ वैशाख १० गते १३:०८ मा प्रकाशित

रुसद्वारा उत्तरपूर्वी शहर खार्किभमा नागरिक पूर्वाधारमा गोलाबारी गरिरहेको युक्रेनी अधिकारीले बताएका छन् । रुसी सेनाले उत्तरपूर्वी शहर खार्किभ र त्यस क्षेत्रमा गोलाबारी जारी राखेको युक्रेनी सैन्य गभर्नरले शनिबार बताए ।

“रूसी कब्जाकर्ताहरूले खार्किभ र क्षेत्रको नागरिक पूर्वाधारमा गोलीबारी जारी राखेका छन्,” खार्किभ क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभले भने।

“दिउसो कब्जाकर्ताहरूले ५६ वटा आक्रमण गरेका छन् भने आक्रमणको कारण ९ जना घाइते र दुई जनाको मृत्यु भएको ,उनले बताए ।

खार्किभका नागरिकहरूले दिनदेखि भारी गोलाबारी सहेर बसी रहेका छन् ।

रूसी सेनाहरूले इजियम वरिपरि रक्षात्मक सीमारेखामा पकड जारी राखेका छन् । र ,युक्रेनी सेनाहरूले बेज्रुकी, स्लाटिनो र प्रुडियान्का र डेर्हाची वरपरका बस्तीहरू पुन: प्राप्त गर्न सफल प्रतिआक्रमण गरेको दाबी सिनेहुबोभले भने ।

सिएनएनले ती दाबीहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेन भने समाचारमा उल्लेख गरेको छ ।

सैन्य गभर्नरले उक्त क्षेत्रमा निषेधआज्ञा साँझ ७ बजेदेखि स्थानीय समय अनुसार बिहान ५ बजेसम्म लागू गरेको छ । अप्रिल १७ मा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चार दिनअघि खार्किभमा रुसी बमबारीमा १८ जनाको ज्यान गएको र १०६ जना घाइते भएको बताएका थिए ।

प्रतिक्रिया