पल निर्दोश छ भनेर गायिकाले पलको पक्षमा अदालतमा बयान दिएपछी पलका साथी देवले झारे हर्षको आशु

इनेप्लिज २०७९ वैशाख ८ गते २३:२९ मा प्रकाशित

अभिनेता पल शाहले कर णी गरेको भन्दै गत फागुन १५ गते नवलपरासीस्थित प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि नवलपरासी जिल्ला अदालतमा पनि बयान फेरेकी छन्।बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले आफूमाथि कर णी नभएको र पल शाह निर्दोष रहेको बयान दिएकी हुन्।

अदालतमा बहसको क्रममा सरकारी वकिलहरुले नाबालिगलाई सोधेको प्रश्नमा उनले शाह निर्दोष रहेको र आफूमाथि केही नभएको बताएकी थिइन् । उनले आवेशमा आएर प्रहरीमा कर णी भएको भनी उजुरी दिएको अदालतसमक्ष बताएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन्।आइतवार उनले तनहुँ अदालतमा पनि शाहले आफूलाई कर णी नगरेको बताएकी थिइन्।

गत चैत २३ गते जिल्ला अदालत नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै बैशाख ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतमा बकपत्रको कार्य सकिएपछि शाहलाई बुधवार विहान तनहुँबाट नवलपरासी लगिएको थियो।तनहुँपछि नवलपरासी जिल्ला अदालतमा पनि नाबालिगले बयान फेरेपछि शाह कानुनी रुपमा बलियो बनेका छन्।

गत फागुन ११ गते नाबालिगले पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पललाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।नाबालिगको तर्फबाट शाहविरुद्ध प्रहरीमा जाहेरी दिने उनका पिताले समेत मंगलवार तनहुँ जिल्ला अदालतमा बयान हेरेका थिए।

प्रतिक्रिया