प्रदेश नं १ मा जेठको पहिलो हप्तामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने
विराटनगर,८वैशाख।प्रदेश नं १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले आगामी जेठ महिनाको पहिलो हप्तामा प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने आज यहाँ जानकारी दिनु भयो।
बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखरामा हुने नौ औं राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागिताका लागि उक्त प्रतियागिता गर्ने बताउनु भयो।प्रदेशले राष्ट्रिय खेलकुदमा २५ खेलमा सहभागिता जनाउने र पाँचो देखि छैठो स्थान ल्याउन सफल हुने सदस्य सचिव वाग्ले जानकारी दिनु भयो।
उहाँले प्रदेशका १४ वटै जिल्लाको खेलकुद गतिविधि र पूर्वाधार विकास लागि कार्य योजना तयार गर्नुका साथै जिल्लाहरुलाई रु एक लाख ५० हजारका दरले वजेट निकासा गरिएको बताउनु भयो।यस क्षेत्रमा खेलकुको विकासका लागि खेल विज्ञहरुसँग छलफल कार्यक्रम संचालन गर्नुका साथै प्रदेशका अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीलाई सम्मान गर्ने उहाँले विचार राख्नु भयो।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई गम्भिर स्वास्थ्य समस्या आएमा वोर्डले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई यातायातमा सहुलित दिन र विमानस्थलबाट सहज आवतजावतका लागि’रेडकार्ड’को व्यवस्या गर्ने जानकारी दिनु भयो।पत्रकार सम्मेलनमा वोर्डकी उपाध्यक्ष जीनाजङ्ग कार्कीको समेत उपस्थिति रहेको थियो।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया