युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँगको उनको छलफल युक्रेनलाई युरोपेली संघ (ईयू)को समर्थनको सन्दर्भमा “महत्वपूर्ण” भएको बताए।
बुधवार राति सामाजिक संजाल (सोशल मिडिया)मा उनले प्रकाशित गरेको आफ्नो सम्बोधनमा जेलेन्स्कीले भने ,उनी र मिशेलले युक्रेनलाई सहयोग प्रदान गर्ने विशेष तरिकाहरू मध्ये विशेष गरी रक्षा, वित्त र प्रतिबन्धहरू बारे छलफल गरेका थिए।
“हाम्रो छलफलको अर्को ठूलो विषय एकीकरण तर्फ हाम्रो प्रगति हो,” जेलेन्स्कीले भने।
“हामीले पहिले नै प्रमाणित गरिसकेका छौं कि युक्रेनी राज्य र नागरिक संस्थाहरू युद्ध परीक्षाको सामना गर्न पर्याप्त प्रभावकारी छन्,” जेलेन्स्कीले थपे, “हामीले युरोपेली महाद्वीपमा स्वतन्त्रताको रक्षाको लागि यति धेरै काम गरिसकेका छौं कि यो अन्य राष्ट्रहरूले गरेको छैन।
मिसेल र जेलेन्स्कीले युद्ध पछि युक्रेनलाई पुनर्स्थापना गर्नका लागि विशेष कदमहरू र युरोप र बाँकी विश्वमा खाना, ऊर्जा र सुरक्षाको सन्दर्भमा रूसबाट खतराहरू कम गर्न कसरी युरोपेलि संघ र युक्रेनले मिलेर काम गर्न सक्छन् भन्ने बारेमा पनि छलफल गरेको उनले बताए ।
“युक्रेनी कृषि उत्पादनहरूको निर्यात पुन: सुरु गर्न र ऊर्जा स्रोतहरूसँग रूसको भयादोहन (ब्ल्याकमेलिङ )असक्षम पार्न – ती महाद्वीपका सबैका लागि शीर्ष प्राथमिकताहरू हुन्,” जेलेन्स्कीले भने।
जेलेन्स्कीले अगाडी भने मिशेल र उनको टोलीले कीभ क्षेत्रमा बोरोडियान्काको भ्रमण गरेपछि उनीहरूले “एकदमै सही निष्कर्ष निकाले: न्याय बिना शान्ति हुन सक्दैन।”
युक्रेनी राष्ट्रपतिले मिशेलसँग प्रतिबन्धहरू सुदृढ पार्ने विषयमा पनि छलफल गरेको बताए।
प्रतिक्रिया