युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको सेनासँग दक्षिणपूर्वी बन्दरगाह शहर मेरिउपोलमा रूसी सेनालाई पराजित गर्न पर्याप्त “गम्भीर र भारी” हतियार नभएको बताए ।
उनले शहरमा भएको गतिरोध अन्त्य गर्ने दुईवटा सम्भावित तरिकाहरू उल्लेख गरे: “पहिलो, यसमा युद्धमा गम्भीर र भारी हतियारहरू चाहिन्छन अहिले हामीसँग मेरियुपोललाई मुक्त गर्न यी हतियारहरू पर्याप्त छैनन्। दोस्रो बाटो कूटनीतिक हो । अहिलेसम्म रुसले यसमा सहमति जनाएको छैन।
“हामीलाई थाहा छैन हामी कहिले मेरिउपोललाई अबरोध हटाउन सक्छौं। र ,म यो खुलेर भन्छु कि मेरिउपोलका सबै मानिसहरु हाम्रो विजय चाहन्छन्, तिनीहरू एक स्वतन्त्र शहर चाहन्छन्, तिनीहरूमध्ये कुनै पनि शत्रुलाई आत्मसमर्पण गर्न जाँदैनन्। यो तिनीहरूको आन्तरिक भावना हो, “उनले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग कीभमा बोल्दै उक्त कुरा जोडे ।
जेलेन्स्कीले अगाडी भने “केही हजार” युक्रेनी नागरिकहरू जो घेरामा परेको शहर मेरिउपोलबाट भागेर रुसी कब्जा गरिएका क्षेत्रहरूमा निकासी मार्गहरूबाट भागेका थिए तर हाल उनीहरु कहा छन् हामीलाई थाहा छैन।
हजारौं नागरिकले रूससँग सहमति भएको निकाशी मार्ग मार्फत मेरिउपोललाई सफलतापूर्वक छोडेका छन । तर “दुर्भाग्यवश केही हजार नागरिकहरू रुसले कब्जा गरेको क्षेत्रहरूमा गए, र ,हामीलाई यी हजारौं मानिसहरूको भाग्य थाहा छैन,” उनले थपे।
युक्रेन “उनीहरूले छोडेका रूसी सेनाहरू, उनीहरूले यहाँ छाडेका शव र घाइतेहरूलाई आदानप्रदानको लागि तयार छन्,” उनले भने।
प्रतिक्रिया