बिश्वकै सर्वाधिक प्रयोग हुने सामाजिक संजाल मध्ये कै एक टिकटक अङ्कीयदृश्य(भिडियो) प्रकरणमा इजिप्टकी महिलालाई ३ वर्षको जेल सजाय सुनाइएको छ
ईजिप्टको एक अदालतले टिकटकमा अङ्कीयदृश्य(भिडियो)मा नाच्ने युवतीहरू संलग्न भएको मुद्दामा मानव बेचबिखनको आरोपमा एक महिलालाई तीन वर्षको कारागार सजाय सुनाएको छ।
हनीन होसम, एक सामाजिक संजालकी प्रभावशाली महिलालाई सन् २०२० मा गिरफ्तार गरिएको थियो । उनको मुद्दालाई आलोचकहरूले रूढिवादी इजिप्टमा सरकारी अधिकारीहरूले आत्म अभिव्यक्तिमाथिको दमनको रूपमा हेरेका थिए।
अभियोजनकर्ताहरूले उनलाई नाबालिग किशोरीहरूलाई नाचको अङ्कियदृश्य (भिडियो)मार्फत भौतिक फाइदा लिनको लागि शोषण गरेर मानव बेचबिखनलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए। ती अङ्कियदृश्य (भिडियो)हरू मानव बेचबिखनसँग कसरी सम्बन्धित थिए भन्ने स्पष्ट भएको छैन।
२० वर्षको उमेरमा होसमलाई १० वर्षको जेल सजाय सुनाइएको थियो तर कायरो फौजदारी अदालतका न्यायाधीशले सोमबार यसलाई घटाएर तीन वर्षमा पुर्याएका थिए। उनलाई २ लाख इजिप्ट पाउन्ड (१०,८०० डलर) जरिवाना पनि गरिएको छ।
गत सोमबारको निर्णय अन्तिम हो भने त्यसलाई पुनरावेदन गर्न सकिँदैन भनि एबिसीन्यूजले समाचार छापेको छ ।
होसम र अन्य महिलाहरुलाई पहिलो पटक जुलाई २०२० मा “इजिप्शियन परिवारको मूल्यमान्यता र सिद्धान्तहरु को उल्लङ्घन” को लागी दोषी ठहराएर दुई वर्षको जेल सजाय सुनाइएको थियो।
पुनरावेदन अदालतले सजाय उल्ट्यायो र दुबै महिलालाई रिहा गरिएको थियो ।
तर अभियोजकहरूले उक्त निर्णयविरुद्ध अपील गरे र उनीहरूलाई मानव बेचबिखनको आरोप लगाए। काइरो फौजदारी अदालतले पछि जुनमा होसमलाई १० वर्षको जेल सजाय सुनाएको थियो भने इलाधमलाई छ वर्षको सजाय सुनाइएको थियो।
प्रतिक्रिया