पूजा र आकाशको ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनीक

इनेप्लिज २०७९ वैशाख ५ गते २२:२० मा प्रकाशित

काठमाडौं÷०५ बैशाख ।पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ।बुढासुब्बा डिजिटल मार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ।

निमेष प्रधान निर्देशीत फिल्मलाई अद्वितिय प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन्।

जेठ ६ गते प्रदर्शन हुने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन्।दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिसिर राणाले सघाएका छन्।
दर्शकहरुले औधि मन पराएको पूजा र आकाशको जोडीलाई दर्शकले एउटै फिल्ममा हेर्न नपाएको धेरै भएको छ।अधिकांश दर्शकले उनीहरुलाई सँगै भएको हेर्न चाहेका छन्।सोही सन्दर्भमा केही दिनअघि सार्वजनीक यो फिल्मको ‘परेलीमा’ बोलको गीतले पनि दर्शक स्रोताको मन जितिरहेको छ।ट्रेलरले त फ्यानहरुमा अझै खुशीयाली ल्याउने बिश्वास निर्माण पक्षको छ।पछिल्लो समय उनीहरु बीच सम्बन्ध चिसिएको हल्ला चलीरहेको छ।ट्रेलरमा पनि पूजा र आकाशबीचको सम्बन्धमा असमझदारी भएको झलक देखाइएको छ,जुन कुरा उनीहरुको वास्तविक जीवनसँग मेल खान गएको छ।तर,कतिपयले भने ‘सम्झना–बिर्सना’ ले यी दुईको पुनः मिलाप गराउने अनुमान समेत गरेका छन्।

आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन्।फिल्मका गीतमा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ।कमल राईको कोरियोग्राफी रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ।

प्रतिक्रिया