युक्रेन लभिभमा रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । पश्चिमी युक्रेनी शहर लभिभमा सोमबार बिहान क्षेप्यास्त्र(मिसाइल) आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका स्थानीय अधिकारीहरूले जनाएका छन् ।
लभिभमा ओब्लास्टका गभर्नर म्याक्सिम कोजिस्टकीले एक पत्रकार सम्मेलनमा भने ,रुसी मिसाइल(क्षेप्यास्त्र )हरूले चारवटा लक्ष्यमा प्रहार गरेका बताए । तीन युक्रेनी सैन्य पूर्वाधार सुविधाहरू र एउटा गाडीको पाग्रा पसलमा आक्रमण भएको र ती सबैमा ठूलो क्षति पुगेको उनले भने ।
सामाजिक सञ्जाल मार्फत एक विज्ञप्तिमा, लभिभका नगर प्रमुख एन्ड्री साडोवीले क्षेप्यास्त्र आक्रमणहरूलाई “शक्तिशाली” भनेर वर्णन गरेका छन् । उनीहरूले करिब ४० वटा सवारी साधन (का)रहरूलाई क्षति पुर्याए वा नष्ट गरे। आपतकालीन सेवाहरूले घातक विस्फोट पछि सेवा पुर्याई रहेका छन ,उनले भने ।
आक्रमणले नजिकैको अनाथालयका साथै एउटा पाहुना घर (होटेल)को झ्यालहरू पनि चकनाचुर पारेको छ।
पोल्याण्डसँग युक्रेनको सीमा नजिक रहेको रणनीतिक शहर लभिभलाई रुसी आक्रमणबाट भागेका युक्रेनीहरूका लागि सुरक्षित आश्रयस्थल मानिन्छ। फेब्रुअरी २४ देखि देशका धेरैजसो भागमा देखिएका अथक बमबारी र भिषण
लडाईबाट शहर धेरै हदसम्म जोगिएको छ भनि एबिसीन्यूजमा समाचार छ ।
प्रतिक्रिया