काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं महानगरपालिकाको मेयरका लागि वर्तमान मेयर विद्यासुन्दर शाक्य र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तलाई सिफारिस गरेर पठाउने तयारी गरेको छ ।
स्रोतका अनुसार, प्रतिश्पर्धाको दौडमा रहेका पूर्व मेयर तथा प्रदेश सांसद केशव स्थापितलाई आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ वाट संघीय संसदको उम्मेद्वार वनाउने सहमति कायम गरेर शाक्य र पन्तको नाम सिफारिस गरी पठाउने भएको छ ।
जिल्ला कमिटीले प्रदेश कमिटीलाई नाम सिफारिस गरी पठाएपछि प्रदेश कमिटीले राय सहित केन्द्रीय नेतृत्वलाई नाम सिफारिस गर्ने छ । प्रतिश्पर्धामा रहेका पूर्वमन्त्री रामवीर मानन्धर र एमाले महानगर कमिटी अध्यक्ष निर्मल देउला आफैं प्रतिश्पर्धावाट वाहिरिन चाहेका छन् ।
शाक्य र पन्तको वीचमा प्रतिश्पर्धा भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली शाक्यप्रति लचिलो वन्नु भएकोले पनि शाक्यको संभावना वढी भएको वताइन्छ तथापि शाक्यले मेयरको रुपमा राम्रो काम सम्पादन गर्न नसकेको कारण चुनाव जित्न पन्तलाई उम्मेद्वार वनाउन एमाले काठमाडौं नेतृत्वले दवाव दिंदै आएको छ ।
प्रतिक्रिया