रूसी सेनाले मेरिउपोलमा प्रवेश र बाहिर निस्कने र प्रवेश पत्र प्रणाली लागू गर्ने भएको नगर प्रमुखका सल्लाहकारले बताएका छन् ।
मेरिउपोलका नगर प्रमुखका सल्लाहकारका अनुसार रूसी सेनाले घेरा हालेको शहर सोमबार प्रवेश र बाहिर निस्किने बन्द गर्ने घोषणा गरेको छ । शहरमा अझै रहेका पुरुषहरूलाई बाहिर जान रुसले छनौट गर्ने समेत बताए ।
सल्लाहकार पेट्रो एन्ड्रियुशचेन्कोका अनुसार आइतवार रुस र युक्रेनमा अत्यधिक प्रयोग हुने अनुप्रयोग (एप -टेलिग्राम)मा रूसी सेनाहरूको घेरामा परेको शहर भित्र आवागमनका लागि प्रवेश पत्रहरू जारी गर्न थालेका बताए ।
उनले अगाडी भने त्यहाँका बासिन्दाहरूलाई प्रवेश पत्र (पास)हरूको लागि पंक्तिमा (लाइन)मा बसेको देखाइएको तस्बिरहरु प्रकाशन जानीजानी राखेको बताए । प्रवेश पत्र लिन सयौं नागरिक पंक्तिमा उभिनुपर्ने अवस्था छ, जस बिना शहरका जिल्लाहरू बीच आवतजावत मात्रै होइन, अर्को सातादेखि सडकमा निस्कन पनि असम्भव हुनेछ,’ उनले भने ।
शनिबार एक छुट्टै बिज्ञप्तिमा एन्ड्रियुश्चेन्कोले रूसी सेनाले सोमबारदेखि सबैका लागि प्रवेश/निकासको लागि बन्द हुने , र एक हप्ताको लागि जिल्लाहरूमा घुम्न पनि प्रतिबन्ध हुने भनि घोषणा गरेको बताए ।
युक्रेनी र अमेरिकी अधिकारीहरूले रुसी सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा नागरिकहरूको छानबिन गरेको आरोप लगाएका छन् । बायोमेट्रिक(व्यक्ति बिशेषको पहिचान पद्धति )को रूपमा तिनीहरूको जाँच गरेको र तिनीहरूको निजी संचार थान (फोन) जफत गरेको समेत आरोप लगाएका छन् ।
कतिपय अवस्थामा तिनीहरूको इच्छाविपरीत उनीहरूलाई रूसमा निर्वासित समेत गर्ने गरेको रूसलाई आरोप छ ।
प्रतिक्रिया