पल प्रकरणमा मुख खोलिन जेनिशा बोहोराले, यस्तो सम्म भएको रहेछ भित्री नालिबेली (भिडियो सहित)

इनेप्लिज २०७९ वैशाख २ गते २२:२६ मा प्रकाशित

भिनेता पल शाह अहिले पुर्पक्षका लागि थुनाा छन् । उनी विरुद्ध दुईवटा अदालतले थुनामा राखेर अनुसन्धान गर्नु भनेर आदेश दिएका कारण उनी थुनामा छन् । जिल्ला अदालतले दिएको आदेश विरुद्ध पलका वकिलले उच्च अदालतमा पनि मुद्दा दायर गरेका छन् । उनलाई थुनामुक्त गरेर मुद्दा लड्ने ब्यवस्था मिलाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

पल शाहलाई भेट्न विभिन्न ब्यक्तिहरु कारागारमा पुगेका छन् । यसै क्रममा उनका काठमाडौका घरभेटी पनि दोस्रो पटक तनहुँ पुगेका छन् । उनले पललाई भेटेको कुराहरु सार्वजनिक गरेका छन् । त्यस्तै पलका आमा बुवा र परिवारका सदस्यहरुको बारेमा पनि जानकारी दिएका छन् । उनले पलको आमा बिरामी भनेर आएको समाचारको खण्डन गरेका छन् ।

पललाई दोस्रो पटक भेट्दा पनि पलमा उस्तै कन्फिडेन्स देखेको बताएका छन् । अहिले पनि पलले आफु निर्दोष रहेको कुरा दोहोर्याएको बताए । पलका बुवा आमा भक्तपुर स्थित सानिमाको घरमा बसेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै पलको बहिनी मुद्दाका कारणले वकिलहरुसंग परामर्श गर्न तनहुँमै बसेको बताएका छन् । उनले पललाई आफुले धेरै नजिकवाट चिनेका कारणले पनि पल निर्दोश रहेको बताएका छन् ।

उनले अहिले पनि पलले आफुलाई दाई मैले केही गल्ती गरेको छैन म निर्दोश छु भनेर भनेको पनि बताएका छन् । उनले आफ्नो घरमा यति धेरै वर्ष वस्दा पनि कुनै कमजोरी आफुले नदेखेको बताएका छन् । उनले अन्य कुनै ठूलो कारणले पललाई अप्ठेरोमा पार्न खोजेको हुनसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया