आफ्नो पछिल्लो दैनिक सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसी आक्रमणको ५० दिनको सामना गरेको बताए।
“यो युद्धको ५० दिनको अवधिमा युक्रेन सम्पूर्ण स्वतन्त्र संसारको लागि नायक बनेको छ,” उनले भने।
उनले आफ्नो देशलाई समर्थन गर्नेहरूप्रति कृतज्ञता व्यक्त गरे । यद्यपी पछिल्लो ५० दिनहरूमा उनले विश्व नेताहरूलाई फरक दृष्टिकोणमा हेर्न थालेको बताए।
“मैले राजनीतिज्ञहरूलाई आफूसँग शक्ति नभएको जस्तो व्यवहार गरेको देखेको छु, र मैले नेतृत्व दाबी गर्ने केही राज्यकर्ताहरू भन्दा यी ५० दिनमा धेरै काम गर्ने गैर-राजनीतिज्ञहरू देखेको छु,” उनले भने।
जेलेन्स्कीले युक्रेनले आफूलाई कसरी बचाएको छ भनि प्रशंसा गरे । उनले रुसी पानी जहाजलाई हाल सालै मार हानी समुन्द्र मुनि डुबाएको समेत चर्चा गरे ।
युक्रेनी सरकारी अधिकारीहरूले गत बुधवार आफ्नो सशस्त्र सेनाले क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका थिए भनि एबिसीन्यूजमा समाचार छ ।
प्रतिक्रिया