युक्रेनमा आक्रमणको लागि अघि बढ्दै गएका रुसी बख्तरबन्द र रक्षकदल पुल पार गर्दै गर्दा पुल ध्वस्त बनाएको दाबी युक्रेनले गरेको छ ।
एक युक्रेनी विशेष कारवाई इकाईले रुसी बख्तरबन्द र रक्षकदल पुल पार गर्दा पुल ध्वस्त पारेको हो । उक्त समयमा उनीहरु युक्रेनको दक्षिणपूर्वी खार्किभ क्षेत्रको इजियम तर्फ जाँदै गरेका थिए । युक्रेनको सशस्त्र बलको विशेष कारवाई बलका सेनापतिले बिहीबार एक विज्ञप्तिमा दावी गरेका छन् ।
युक्रेनी अधिकारीहरूले हालैका दिनहरूमा इजियमको वरपरको क्षेत्रमा भिषण लडाई भै रहेको बताएका छन् । युक्रेनी अधिकारीका अनुसार रूसी सेनाहरू पूर्वी डोनबास क्षेत्रमा पुग्न प्रयास गरिरहेका जनाएका छन् ।
युक्रेनी इकाईले सशस्त्र युद्ध बख्तरबन्द गाडी र धेरै मालबाहक गाडीहरू यसलाई पार गरेको रूपमा विस्फोटक पदार्थ राखी पुललाई ध्वस्त पारेको वक्तब्यमा दावी गरेका छन् ।
तर सिएनएन ले स्वतन्त्र रूपमा दाबी प्रमाणित गर्न नसकेको उल्लेख गरेको छ । युक्रेनी सेनाले युद्धको शुरुवाती दिनमा रुसी सेनाको प्रगतिलाई सुस्त बनाउन कीभ क्षेत्रमा एउटा प्रमुख पुल ध्वस्त पारेको थियो।
प्रतिक्रिया