पल सँगै दिन दुखिलाई सहयोग र भोकाको भोक मेटाइ हिंड्ने साथी पललाई भेटेर रुदै आए (भिडियो सहित)

इनेप्लिज २०७९ वैशाख १ गते १०:३६ मा प्रकाशित

केहीदिन अघिमात्रै एक अन्तरवार्तामा गायक दुर्गेश थापाले अहिलेपनि पलसंग निरन्तर टेलीफोन सम्बाद भईरहने र आफुले पललाई नआत्तिएर बस्नु सबै ठीक हुन्छ भन्ने जस्ता कुराहरुले सम्झाएको भन्ने विषयमा नायक तथा मोडेल पल शाहले कारागारबाटै ठाडै अस्वीकार गरेका छन् । उनले एक पत्रकारसंगको कुराकानीमा दुर्गेश थापासंग कुरा गर्नुको कुनै अर्थ नै नभएको हुनाले उनीसंग कुनैपनि प्रकारको कुराकानी नभएको बताउँदै दुर्गेशको भनाईलाई ठाडै अस्वीकार गरेका हुन् ।

पल प्रकरणमा गायक दुर्गेशको चौतर्फि आलोचना भई रहंदा उनी भने लामो समयसम्म आफुप्रति गरिएको आलोचनाको कुनैपनि प्रतिकृया दिएका थिएनन् । तर पछिल्लो केही दिन अघि मात्र उनले एक अन्तारवार्तामा पल कारागार चलान भएको खबरले निकै दुःखी भएको पनि बताएका थिए।यतिमात्र नभई उनले पललाई फसाउन चाहेको भए आफुले प्रहरीलाई त्यस्तै खालको बयान दिन सक्ने तर नदिएको बताउँदै पलप्रति आफ्नो साहानुभूति भएको बताएका थिए।

‘पल मेरो साथी हो।हामी अहिले पनि साथी नै हौं।ऊ जेल जाँदा म किन र कसरी अनि के कारणले खुशी हुने ? पल जेल जाँदा म खुशी भएको भए त मैले ठाउँ ठाउँमा कन्सर्टहरु गर्नु पर्ने थियो।खै त मैले गरिन त । ऊ कारागार चलान हुँदा म रातभरी सुतेको छैन।मेरो छोराको कसम खाएर भन्छु पललाई फसाउनलाई मेरो कुनैपनि हात छैन।यो त सबै पल र मेरो सम्बन्ध बिगार्न उसैको सहयोगीले खेलेको खेल थियो । जस्मा पल र म दुवै फसेयौं।’ दुर्गेशले एक अन्तरवार्तामा भनेको कुरा हो यो।

प्रतिक्रिया