विराटनगर,२९ चैत।नेकपा एकीकृत (समाजवादी)का सम्मानित नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस अघि वनेको ४२ महिने सरकारका कारण मुलुकमा अहिलेको वेथिती सृजना भएको र आर्थिक सङ्कट आइनसकेको प्रष्टपार्नुभयो।
पूर्वप्रधानमन्त्री खनालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भन्दै निर्वाचन सर्ने हल्लामा कुनै सत्यता नरहेको विचार राख्नु भयो।
उहाले वर्तमान स्थितिमा मुलुकलाई गठवन्धन आवश्यक रहेको छ भन्दै दलहरुवीच केन्द्रदेखि स्थानीय स्तरमा गठबन्धन गरी निर्वाचनमा जाने बताउनु भयो।
नेता खनालले मुलुकलाई सहि दिशामा ल्याउन निर्माण भएको गठबन्धन सरकार र आगामी निर्वाचन अगाडि वढ्न उतिकै आवश्यक रहेको प्रष्ट पार्नु भयो।
उहाँले स्थानिय तहको निर्वाचनका लागी केन्द्रीयस्तरमा एक उच्च स्तरिय गठवन्धन कमिटीले एउटा मार्गदर्शन तयार गर्नेसोहि अनुसार जिल्ला र क्षेत्रमा स्थानिय तहमा गठवन्धनका विषयमा निर्णय गर्ने वताउनुभयो।
पूर्वप्रधानमन्त्री खनालले निर्वाचनका लागी वन्ने गठबन्धन र तालमेल एउटै भएको प्रष्ट पार्नु भयो।
उहाँले केन्द्रीय स्तरमा गठबन्धनहरुवीच आपसी निर्णय गरी महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको घोषणा हुने भन्दै नेकपा समाजवादीले कति महानगरपालिकामा प्रमुख,उपप्रमुखको उम्मेदवार दिने सम्वन्धमा गठबन्धन दलहरुवीच छलफल पछि निर्णय हुने बताउनु भयो।
प्रतिक्रिया