फ्रान्सले कूटनीतिक बहानामा जासुसी सञ्चालन गरिरहेका ६ संदिग्ध रुसी जासुसलाई निष्कासन गरेको छ ।
फ्रान्सेली विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार फ्रान्सले देशमा “कूटनीतिक आवरण अन्तर्गत” जासुसको रूपमा काम गरेको आशंकामा छ जना रुसी गुप्तचरहरूलाई निष्कासन गरेको जनाएको छ ।
“धेरै लामो अनुसन्धान पछि, आन्तरिक सुरक्षाको महानिर्देशनालयले आइतवार अप्रिल १० मा रूसी गुप्तचर सेवाहरूले हाम्रो इलाकामा गरेको गोप्य क्रियाकलापको खुलासा गर्यो,” विज्ञप्तिमा भनिएको छ ।
जसलाई अब ” अस्वीकार्य व्यक्ति ” भनेर तोकिएको छ, “हाम्रो राष्ट्रिय हितको विपरीत थियो।” भनि बिज्ञप्तिमा जनाईएको छ ।
फ्रान्सेली आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले एक ट्वीटमा फ्रान्सेली सुरक्षा गुप्तचरहरूलाई बधाई दिए ,जसले “हाम्रो हित विरुद्ध काम गर्ने रुसी गुप्तचरहरूको संजाल (नेटवर्क)मा बाधा पुर्याए।”
फ्रान्सेली विदेश मन्त्रालयका अनुसार रुसी राजदूतको अनुपस्थितिमा “दूतावासको दोश्रो वरियताका कर्मचारीलाई आज साँझ मन्त्रालयमा बोलाएर यस निर्णयको जानकारी गराइएको थियो।”
प्रतिक्रिया