सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको क्रममा, संयुक्त राष्ट्रका लागि युक्रेनी राजदूत सर्गी केस्लिस्याले एक युक्रेनी बच्चाले आफ्नी मृत आमालाई लेखेको पत्र ठूलो स्वरमा पढेर सुनाए।
केस्लिस्याले परिषदलाई भने कि यो पत्र युक्रेनमा “धेरै दिन अघि” सार्वजनिक गरिएको थियो र एक नौ वर्षीय बालकले उनको आमालाई रूसी सैनिकहरूले मारे पछि लेखेको थिए ।
सुरक्षा परिषद्सँग अंग्रेजीमा कुरा गर्ने केस्लिस्याले पत्रलाई यसरी पढे:
“आमा, यो पत्र ८ मार्चको नारी दिवसमा तपाईलाई मेरो उपहार हो। मेरो जीवनको सबैभन्दा राम्रो नौ वर्षको लागि धन्यवाद। मेरो बाल्यकालको लागी धेरै धन्यवाद। तपाई संसारको सबैभन्दा राम्रो आमा हुनुहुन्छ। म तपाईलाई कहिल्यै भुल्ने छैन। म तपाईलाई स्वर्गमा शुभकामना दिन्छु। म तपाईलाई स्वर्गमा चाहन्छु। म पनि स्वर्गमा पुग्न राम्रो व्यवहार गर्ने प्रयास गर्नेछु।”
केस्लिस्याले भने कि बालककी आमालाई रूसी सेनाले मारेको बताए । जब उनीहरूले आफ्नो रुसले कब्जा गरेको शहरबाट गाडी (कार)बाट भाग्न खोजेका थिए। युक्रेनी राजदूतले भने कि स्थानीय बासिन्दाहरूले बालकलाई उद्धार नगरुन्जेल र आश्रयमा लैजान नसकुन्जेल सम्म बालक गाडीमा नै बसेका थिए ।
“यस्ता चिठ्ठी लेख्नु हुँदैन। यदि तिनीहरू छन् भने, यसको मतलब यो हो कि यहाँ संयुक्त राष्ट्र सहित केही भयानक रूपमा गलत भएको छ,”केस्लिस्याले भने ।
“यसको अर्थ अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने यसको संयन्त्रले ठीकसँग काम गरिरहेको छैन र यसलाई ठीक गरिनुपर्छ।
तर रूसलाई स्थायी सदस्यको अधिकार प्रयोग गर्न अनुमति दिँदा तिनीहरू निश्चित हुन सक्छन् ? यदि हामीले क्रेमलिनलाई रोक्न सकेनौं भने, धेरै भन्दा धेरै बालबालिका अनाथ हुनेछन्। धेरै भन्दा धेरै आमाहरूले आफ्ना छोराछोरी गुमाउनेछन्,” राजदूतले पढे।
प्रतिक्रिया